इम्प्रेसन नेपालको कास्की शाखा

आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन नेपाल¬) को कास्की शाखा गठन भएको छ । पोखरामा कृष्णराज पोखरेल अध्यक्षमा चुनिएका छन् ।

शाखाको उपाध्यक्ष मातृका पोखरेल, सचिव सुरेन्द्र पौडेल, सहसचिव घनश्याम गौतम छन् । इम्प्रेसन पोखरा सदस्यमा कृष्णप्रसाद पाण्डे, भुवन बराल, रमेश बराल, महेन्द्रजंग थापा क्षेत्री, बाबुराम लामिछाने, सुरेश ढुंगाना र मनोज बास्तोला छन् ।

भेलामा इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले संस्थाको नीति, मर्म र भावना अनुरुप नयाँ नेतृत्वले काम गर्नु पर्ने धारणा राखे । प्रदेश इन्चार्ज गुणानिधी पाण्डेको अध्यक्षतामा भएको भेलामा कास्की जिल्ला इन्चार्ज रोजी श्रेष्ठले सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा इम्प्रेसन नेपालले कास्कीमा फड्को मार्ने बताइन् ।