फेवाताल किनार सरसफाइ

पोखरा बृहत सफाइ अन्तर्गत १ सय ३८ औं हप्ताको सफाइ र खहरे आमा समूहले आयोजना गरेको फेवाताल सफाइ अभियानको १ सयौं हप्तामा फेवाताल किनारमा सफाइ गरिएको छ । अभियानमा वाराहीघाटदेखि सेदीफाँटसम्म सरसफाइ गरिएको छ ।

सफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, नबिल बैंक, अभियान महिला समूह, माछापुच्छ«े महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, बंलादी आमा समूह, सिर्जनशील आमा समूह, किराँत सेवा समाज लेकसाइड लगायतका विभिन्न संघ, संस्था कार्याक्रममा सहभागी भएको पोखरा बृहत सफाइ अभियान्ता रामबहादुर पौडेलले जानकारी दिए ।

अभियानमा प्रदेश सांसद राजीव पहारी, वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारी, नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, पोखरा ९ का वडा सचिव लोकदर्शन कोइराला लगायत सहयागी थिए ।

आगामी हप्ताको सफाइ अभियान पोखरा वडा नं. ५ मा हुने संयोजक पौडेलले जानकारी दिए ।