विस्फोटमा २१ को मृत्यु, ७१ घाइते

मेक्सिकोको मध्यभागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारी अनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ७१ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो । इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ ।

पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गभर्नर ओमार फायाडले बताए ।