स्याङ्जाको विरुवा गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई फोन गरी बोलाउने शुक्लागण्डकी नगरपालिका ४ का प्रशान्त थापा, प्रशान्तका साथीहरु विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पीपलमाडी गाउँपालिका ३ घर भई शुक्लागण्डकी ४ बस्ने विक्रम राईलाई प्रहरीले पक्रेको हो ।
बालिकालाई फोन गरी बोलाएर त्रास देखाउँदै उनीहरुले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले ती युवाले प्रयोग गरेका २ मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।




