गोविन्द केसीको अनसनको अर्थ छैन : झाँक्री

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले पटक–पटक आमरण अनसन बस्नुको अर्थ नरहेको नेकपा नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् ।

पर्वतमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले केसीको विषयलाई मुख्य एजेन्डा बनाएर भ्रम छर्दा नकारात्मक असर परेको बताइन् ।डाक्टर केसीसँग सरकारले सम्झौता तोडमोड नगरेको बरु केसीका माग आवश्यक नरहेको भन्दै संसादबाट पारित नगरिएकोउनले बताइन् ।

पटक–पटक सरकारलाई दोष दिन जनता उर्फान केसी र कांग्रेसले भूमिका खेलेको आरोप लगाइन् । सरकारले केसीको स्वास्थ्यलाई ध्यान दिँदै११ बुँदे सहमति गर्न बाध्य हुँदै अनसन तोडेको उनको भनाइ छ ।