नेपाल भित्रियो पिकलबल खेल

नेपालमा पहिलो पटक पिकलबल खेल सुरु गरिएको छ । पोखरा १५ स्थित बृटिस गोर्खा ट्रेनिङ सेन्टरको ब्याडमिन्टन कोर्टमा यो खेल सुरु गरिएको हो । खेलमा नेपाली खेलाडी सहभागी छैनन । तर यो खेल भने नेपालीले नै भिœयाएका हुन् । बेलायतलाई कर्म थलो बनाएर खेल तथा सामाजिक क्षेत्रमा क्रियाशील नविन गुरुङको सक्रियतामा यो खेल पहिलो पटक नेपाल भित्रिएको हो ।

सहारा क्लब पोखरामा मानार्थ सदस्य समेत रहेका गुरुङले केही भारतीय र बेलायती खेलाडीलाई पोखरा ल्याएर आफ्नै पहलमा प्रतिस्पर्धा मात्र गराएका छैनन् पहिलो पटक नेपाली भूमिमा यो खेल भिœयाए ।

२ दिन चल्ने यो प्रतियोगितामा भारत र बेलायतका गरी २६ खेलाडी सहभागी छन् । प्रतियोगितामा बेलायतबाट १० र भारतका १४ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता बेस्ट अफ थ्री लिग कम नक आउटका अधारमा खेलाइने गुरुङले बताए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले गरेका थिए । सांसद थापाले सो अबसरमा पिकलबल खेल नेपालमा भिœयाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम सहारा क्लबका अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको थियो ।