सिद्ध बराहाको ४ कोठे भवन शिलान्यास

पोखरा महानगरपालिका २३ माथुममा रहेको सिद्ध बराहा माविको ४ कोठे भवनको शिलन्यास भएको छ । गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुक्रबार एक कार्यक्रमबीच शिलन्यास गरे ।
उनले देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक रहने बताउदै सिद्धबराह माविमा प्राविधिक शिक्षा ल्याउनलाई आफुले जस्तोसुकै सहयोग गर्ने बताए ।

‘देश विकासका लागि प्राविधिक शिक्षा आवश्यक पर्दछ’, उनले भने ‘गाउँ गाउँका विकासका लागि प्राविधिक शिक्षा आवश्यक छ, त्यसैले धेरै भन्दा धेरै प्रविधिमा शिक्षा दिनु पर्ने आवश्यक छ ।’
कार्यक्रममा उनले विद्यालयलाई आवश्यक पर्ने सामाग्री खरिद गर्नका लागि नगद ५० हजार दिने घोषणा गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीले पोखरा महानगरपाकिलाको सबैभन्दा पिछडिएको वडा २३ भएको भन्दै विकासका लागि बजेट आवश्यक भएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रमेराज भण्डारीले विद्यालयमा शैक्षिक विकासका लागि आफूहरु लागिपरेको भन्दै सरकारी तहबाट पनि सहयोगको आवश्यक रहेको बताए । उनले विद्यालयकमा प्राविधिक शिक्षा प्रदान भौतिक पुर्वाधार आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका साहेक प्रधानध्यापक गणेश दाहालले स्वागत र शिक्षक तुलसीप्रसाद भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाइ कास्कीको सहयोगमा निर्माण ४ कोठे भवन निर्माण हुन लागेको हो । निर्माणका लागि ७० लाख रुपैया सहयोग प्रदान गरेपछि विद्यालयको भवन निर्माण गर्न थालेको विद्यालयका प्रधानध्यापक बद्रिनाथ पराजुलीले जानकारी दिए । २०७२ साल बैशाख १२ गते गएको भूकम्पका करण भवन चर्किएपछि नयाँ भवन निर्माण हुन लागेको हो ।