धर्मगुरु राम रहिम सिंहलाई जन्मकैदको सजायँ

 भारतका बिवादित धर्म गुरु गुरमित रामरहिम सिंहलाई अदालतले जन्मकैदको सजायँ सुनाएको । पत्रकार हत्याको आरोपमा उनलाई पंचकुलाको विशेष सिबिआई अदालतले जन्मकैदको सजायँ सुनाएको हो ।

बलिउड फिल्ममा समेत अभिनय गरिसकेका निकै शक्तिशाली मानिएका नीमाथि आफुले गरेको बलात्कारको बारेमा समाचार लेखेको भन्दै पत्रकार रामचन्दर छत्रपाटीको हत्या गरेको आरोप थियो जससमा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।

उनले सन् २००२ मा स्थानीय पत्रिकामा काम गर्ने रामचन्दरको हत्या गरेको प्रमाणित समेत भएको थियो । साथै सोही घटनामा डेरा प्रमुखसहित तीन अन्य व्यक्ति कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाललाई पनि दोषी ठहराइएको थियो ।

उनीहरुलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । रामरहिमले बलात्कार गरेको बिषयमा अज्ञात व्यक्तिले लेखेको पत्र स्थानीय पत्रिकामा छापिएपछि रामचन्दरको आफनै घर बाहिर हत्या गरेका थिए । राम रहिम सन् २०१७ अगस्टमा महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा सजाय सुनाइएको थियो तब हरियाणको सिरसा र पंचकुलामा हिंसा भड्किएको थियो ।उनी यसअघि नै यही मुद्धामा पनि जेल जीवन बिताईरहेका थिए ।

यो हिंसामा लगभग ४० जनाको मृत्यु भएको थियो । सोही कारण रहिमलाई जन्मकैदको सजायँ भएसंगै हरियाणा र पंजाबका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने उता डेरा सच्चा सौदाका वरिष्ठ उपाध्यक्ष शोभा इन्साले समर्थकलाई शान्त रहन समेत अपिल गरेकीछिन् । उनले यस बारेमा अझै पनि कानुनी प्रक्रियामा जाने विश्वास दिएकी छिन् ।