प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ ।
बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।कार्य व्यवस्था महाशाखाका शाखा अधिकृत राजन घिमिरेले आज शुक्रबार देखि यो नयाँ व्यवस्था सुरु भएको बताए ।
प्रतिनिधिसभा नियमावली, २०७५,को परिच्छेद ९ मा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ को खण्ड राखिएको छ ।
प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्क्षय रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको एक घण्टा निर्धारण गर्न सक्ने छ ।’
संसद्को बैठक सुरु भएको अबको ४६ दिनपछि १ वर्ष पुग्नेछ तर अहिलेसम्म यो अभ्यास सुरु भएको थिएन । संसद् बैठक बसेको केही पछिमात्र यो नियमावली बनाइएको हो । संसद्को पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो । यसअघि पौष ३० गते सोमबार संसद्को बैठक बसेको थियो । माघको पहिलो बैठक आज १२ बजे बस्न लागेको हो ।




