इँटा उद्योगको पर्खाल भत्किँदा २ बालबालिकाको ज्यान गयो

  इँटा उद्योगको पर्खाल भत्किँदा २ बालबालिकाको ज्यान गएको छ । काभ्रेपाँचखाल नगरपालिका ७ स्थित बिर हनुमान इँटा उद्योगको पर्खाल भत्किँदा ती बालबालिकाको ज्यान गएको हो ।

मृतकहरुमा रोल्पाका ११ महिनाका निमार्ण परियार र तीन वर्षकी जेनिसा परियार रहेको प्रहरीले जनाएको छ ।

मृतक बालबालिकाको अभिभावक सोही इँटा उद्योगमा काम गर्ने कर्मचारीहरु हुन् । साथै अन्य दुईजना घाइते पनि भएका छन् । घाईते हुनेहरुमा तीन वर्षीया झरना घर्ती र ३५ वर्षीय सितादेवी पासवान रहेका छन् । उनीहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।