भारतीय जनता पार्टी (बीजेपी)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू देखिएको छ। उनलाई अहिले दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ।
उनी आफैले आफ्नो ट्वीट गर्दै स्वास्थ्यमा खराबी भएको जानकारी दिएका हुन्। उनले ट्वीट गर्दै लेखेका छन्, मलाई स्वाइन फ्लू देखिएको छ। जसको उपचार भइरहेको र चाडै नै स्वस्थ भएर फर्किने छु।
पार्टीमा निकै सक्रिय रहने शाह बिरामी हुनेको असर उनको नेतृत्वमा हुने वाला कार्यक्रममा पर्न सक्नेछ। बीजेपी अध्यक्ष शाह विरामी हुँदा सबै भन्दा ठूलो असर पश्चिम बंगालमा २० जनवरीबाट सुरु हुने पार्टीको चुनाव अभियानमा पर्न सक्नेछ। एजेन्सी




