माघ ८ देखि कास्कीमा माविस्तरीय भलिबल

पोखरामा माघ ८ देखि १२ गतेसम्म हुने सामुदायिक मावि स्तरीय भलिबल प्रतियोगिताको तयारी तीव्र बनाइएको छ ।

प्रतियोगिता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराको संयुक्त आयोजनामा हुने कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय ‘सृजना छात्र÷छात्रा भलिबल प्रतियोगितामा ५० टिमको सहभागिता रहने कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीले बताए ।

उपाधि विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिताका लागि हालसम्म १८ विद्यालयले नाम दर्ता गरिसकेका छन् । प्रतियोगितामा १० जोड २ सम्मका विद्यार्थीले खेल्न पाउने छन् । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुनेछ ।

उपाधि विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।