बुहारीले मन दिइन्, ज्यान लिइन्

जेठाजु बुहारीको नजायज सम्बन्धका कारण जेठाजुको ज्यानै गएको छ । व्यास नगरपालिका ४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियार र सोही ठाउँकी भारती परियारबीच पहिल्यैदेखि हिमचिम थियो ।

श्रीमान् विदेश भएकी भारती रामबहादुरसँग घुम्नका लागि काठमाडौं पनि पुगिन् । यो सम्बन्ध थाहा पाएपछि रामबहादुर श्रीमती माइती गएर उतै बसिन् । लुकीचोरी प्रेम गरिरहेका रामबहादुर र भारतीको बीचमा अर्काे अप्ठ्यारो आइपुग्यो । भारतीका श्रीमान घर आउने भए ।
रामबहादुरसँगको सम्बन्ध पतिले थाहा पाउने डरले भारतीले रामबहादुरकै हत्या गर्ने योजना बनाइन् ।

भारतीले साविक मनपाङ गाविस– ७ घर भई व्यास नगरपालिका ४ मै बस्ने मंगलबहादुर दमै र सुकबहादुर परियारलाई पाँच÷पाँच हजार दिन्छु भनेर रामबहादुरको हत्या गर्न लगाइन् ।
यो घटना २०६८ साल साउन ९ गतेको हो । उनीहरुले सो दिन ठाउँ–ठाउँमा मादक पदार्थ सेवन गराउँदै शुक्लागण्डकी नगरपालिका ४ र ८ को सीमानामा पर्ने सेती नदीको पुलबाट धकेलेर रामबहादुरको हत्या गरे ।

सुकबहादुर परियार भारत पुगे, मङ्गलबहादुर साउदी अरब । घटना गुपचुपमै रह्यो । पछि खोजतलासका क्रममा घटनाको वास्तविकता पत्ता लाग्यो । हत्या आरोपमा मङ्गलबहादुर दमै र भारती परियारलाई पुस २९ गते प्रहरीले पक्राउ गरेको छ । सुकबहादुर परियार भने फरार छन् ।