१४ किलो चरेससहित मोडेल पक्राउ

लागुपर्दाथ ओसारपसारको आरोपमा मोडल कान्छीमाया घले पक्राउ परेकी छिन् । चरेश पार्सल गर्न लागेको अवस्थामा उनलाई प्रहरीले प्रक्राउ गरेको हो । काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १४ किलोग्राम चरेश पनि बरामद गरेको छ ।

नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घलेले बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट चरेश पार्सल गर्न लागेकी थिईन् । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ ।

बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका डीआईजी दिनेश अमात्यले बताए । नेपालको विमानस्थल प्रयोग गरेर चरेश पठाउँने यो तस्करी शैली नयाँ भएको प्रहरीको भनाई छ ।