सन्दीपको टिमले आज पाँचौ खेल खेल्दै

बीपीएल लिग खेल्न बंगलादेश रहेका नेपाली स्पिनर सन्दीप लामिछानेको टिम सिलेट सिक्सर्सले रंगपुर राइडर्ससँग खेल्दैछ ।

आज पाँचौ खेलको रुपमा टिमले खेल्न लागेको खेलमा आज सन्दीप अट्ने नअट्ने तय भएको छैन । हिजो भएको खेलमा सन्दीप प्लेईङ ११ मा परेका थिएनन् । फलस्वरुप टिम पराजित पनि भएको थियो ।

सन्दीपले डेब्युमा २ विकेट लिएका थिए तर दोस्रो र तेस्रो खेलमा भने उनी टिममा अटेनन् । चौथो खेल उनले खेल्न पाएनन् ।

तेस्रो खेलमा ढाका डाइनामाइट्ससँग केहि महँगो सावित भएका सन्दिपले ३३ रन खर्चेर विकेट विहिन भएका थिए। लिगको अंकतालिकामा सिल्हेटले ४ खेलमा १ जित र ३ हार बेहोर्दै तालिकाको पुछारमा छ। तालिकामा चौथो स्थानमा रहेको रंगपुरले ५ खेल खेल्दै २ जित र ३ हारसहित ४ अंक जोडेको छ।