मन्दिर र आश्रमलाई उज्ज्वल सहकारीको सहयोग

उज्ज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ ।

पोखराको न्युरोडमा रहेको सहकारीले ११ औं स्थापना दिवसको अवसरमा आइतबार सहयोग स्वरुप हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष योगराज पौडेल र अग्रज पत्रकार नारायण कार्कीले कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रम व्यवस्थापन समिति अध्यक्ष दुर्गा गौतम र सचिव तीलकशाली अधिकारीलाई भान्साका सामग्री हस्तान्तरण गरेका हुन् ।

पत्रकार कार्कीले वृद्धहरु वृद्धाश्रम जानुपर्ने दिन अन्त्य हुनुपर्नेमा जोड दिए । उनले असहाय ज्येष्ठ नागरिकको सेवामा कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रमले पु¥याएको योगदान सराहनीय रहेको बताए ।

कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रम व्यवस्थापन समिति सचिव तीलकशाली अधिकारीले २०३९ सालमा स्थापना भएर पनि ओझेलमा परेको यस आश्रमलाई सहयोग गरेकोमा सहकारीलाई धन्यवाद दिए ।

सहकारीका अध्यक्ष योगराज पौडेलले सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत सामजिक क्षेत्रमा केही गर्नुपर्छ भनेर वृद्धाश्रम रोजेको बताए । सहकारीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष इन्दिरा बराल, कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रम ब्यवस्थापन समिति सदस्य महेश्वर पाण्डे, कार्यक्रम संयोजक नरेन्द्र बास्तोला, ऋृण लगानी उपसमितिका सदस्य कृष्ण आचार्य लगायतले बोलेका थिए ।