सांग्रिला डेभलपमेन्टको अध्यक्षमा अच्यूतप्रसाद प्रसाई

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा भएको छ । । नवनिर्वाचित सञ्चालक समितीको बैठकले अच्यूतप्रसाद प्रसाईलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

साधारणसभाबाट संस्थापक समूह तथा सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३÷३ जना सञ्चालकको निर्वाचन भएको छ ।

संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युतप्रसाद प्रसाई, शान्तराज बतास र सुशीलकाजी बाँनिया तथा सर्वसाधारण सेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रवीना शेरचन र्निविरोध भए

सभाले २०७४÷७५ को आर्थिक विवरणसहित सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ ।
सभाले नेपाल राष्ट्र बैंकबाट स्वीकृत ०७४÷७५ को खुद नाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ५.४५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय हुने प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।

७७ वटा शाखा रहेको यस विकास बैंकको काठमाडौं उपत्यकामा थप ५ वटा शाखा पेप्सीकोला, टोखा, नयाँ बानेश्वर, सानेपा, र ठिमी भक्तपुुरसहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरी १० वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ ।