धरम-विकास उपाधि भिडन्त आज

ल्होसार कप टेनिस प्रतियोगिताको उपाधिको लागि विकास गुरुङले धरमबहादुर लामिछानेसँग प्रतिस्पर्धा गर्ने छन् । उनीहरु प्रतिस्पर्धाको लागि फेरी एक पटक आमने सामने हुदैं छ । उपाधि भिडन्त आज मंगलबार माघे संक्रान्तिको अवसरमा हुने छ ।

लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनलमा धरमले राजन पौडेललाई तथा विकासले नविन चालिसेलाई पराजित गर्दै उपाधि भिडन्त निश्चित गरेका हुन् । विकास र नविन बीच भएको प्रतिस्प्रधात्मक सेमिफाइनलमा विकासले ६–१, ७–६ र सुपरटाइमा ११–९ ले बाजी मारेका हुन् ।

पहिलो सेट सहजै आफ्नों पक्षमा पारेका विकासमाथि नविनले दोश्रो सेटमा संघर्षपूर्ण जित निकाले । सोही कोर्टमा आयोजित लुतो कपको उप–विजेता नविनले सुपरटाईमा पनि विकासलाई निकै चुनौति तेस्र्याएका थिए ।

अघिल्लो संस्करणको उपविजेता राजन र धरमबहादुर लामिछाने बीचको अर्को सेमिफाइनलपनि त्यस्तै प्रतिस्प्रर्धात्मक भने हुन सकेन् । दर्शकले अपेक्षा गरे भन्दा प्रभावहीन प्रतिस्पर्धा रह्यो । राजनले अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेनन् । धरमले ६–१ र ६–२ को सहज सेटमा खेल आफ्नो पक्षमा पारे । प्रतियोगिताको फाइनल खेल मंगलबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिइन् ।

धरम र विकास बीच तीन वर्ष अघि सोहि कोर्टमा ओम फ्यामिली कप टेनिसको उपाधी भिडन्त भएको थियो । सो प्रतियोगितामा धरमले विकासलाई पराजित गरेका थिए । विकास यसपटक सोही कोर्टमा बदला लिने सोचमा रहने छन् । गुरुङ्ग भिलेजका पुरानै प्रतिद्धन्दी विकासलाई दोश्रो पटक पछार्ने दाउमा धरम हुनेछन् ।

www.kheladinews.com