वर्षा र संजोगको विवाह हुने पक्का

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको विवाह हुने भएको छ ।

उनीहरुको विवाह प्रेम दिवसको दिन अर्थात् फागुन २ गते हुने पक्का भएको हो । सोमवार फेसबुक मार्फत उनीहरुले विवाह हुने जानकारी दिएका हुन् । ५ वर्ष देखी एकअर्कालाई डेट गरिरहेका दुवै विवाह मिति सार्वजनिक गरिरहँदा निकै खुशी छन् । चलचित्रकर्मी लगायत उनीहरुका फ्यानबाट बधाईको ओइरो लागेको छ ।

लामो समयदेखि यी दुइले विवाहको प्रश्न झेल्दै आइरहेका थिए । एक चलचित्रको अडिशनको क्रममा यि दुइको भेट भएको थियो ।