चलचित्र ‘छक्का पञ्जा ३’ म्यानमारमा प्रदर्शन हुने

यो बर्षको हिट चलचित्र  ‘छक्का पञ्जा ३’ अब म्यानमारमा पनि प्रदर्शन हुने भएको छ ।

मार्चको पहिलो साताबाट क्यानडाका टोरन्टो, कैलगरी, एडमन्टन लगायतका शहरहरुमा चलचित्र लाग्ने पक्का भएको निर्माण टिमले जानकारी दिएको छ । म्यानमार प्रदर्शनको जिम्मा राजधानीको रेडियो अडियोले लिएको हो । 

क्यानडामा नेपाली चलचित्रको राम्रो बजार भएका कारण प्रदर्शन गर्न लागिएको रेडियो अडियोका निर्देशक अमित अधिकारीले बताए । उनले अन्य केहि शहरहरुमा पनि चलचित्र प्रदर्शनका लागी कुरा भइरहेको जानकारी दिए । 

चलचित्र छक्का पञ्जा ३ पछि भर्खरै छायांकन सम्पन्न भएको चलचित्र दाल भात तरकारी लगायतका अन्य केही नेपाली चलचित्र सँग पनि प्रदर्शनका लागी कुरा भइरहेको अधिकारीले बताएका छन् ।