एनएमबी माइक्रो फाइनान्सको साधारणसभा

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा आइतबार पोखरामा भएको छ । साधारणसभाले आ.व.२०७४÷०७५ को नाफावाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस सेयर जारी गरेपश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए ।

सभामा अध्यक्ष भ्लोनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन पारित भएको छ । साधारण सभामा संस्थाका सञ्चालक गोविन्द घिमिरेलेसंस्थाको भावी योजनाबारे प्रकाश पारेका थिए ।

संस्थाका निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले पोखरा २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रो फाइनान्सले ५४ वटा जिल्लामा सय शाखा कार्यालय स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको बताए । एनएमबी बैंकको सहायक कम्पनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीब २ अर्ब ५१ करोड कर्जा लगानी र निक्षेप करिब ८५ करोड छ ।