आहा रारा गोल्ड कप फागुन ९-१८

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि आइतबार उपसमितिहरु गठन गरिएको छ । प्रतियोगिता फागुन ९ देखि १८ गतेसम्म पोखरामा हुँदै छ ।

आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले क्लबका मानार्थ सदस्य एवं संल्लाहकारको नेतृत्वमा १५ वटा विभिन्न उपसमिति गठन गरिएको हो ।

अर्थ संकलनमा टीकाबहादुर कार्की, प्रचारप्रसारमा नारायण कार्की, स्वयम सेवक परिचालनमा प्रकाश शेरचन, शान्ति सुरक्षामा खेमबहादुर गुरुङ, मैदान व्यवस्थापनमा यमबहादुर गुरुङ, आवास व्यवस्थापनमा वसन्त थकाली, टिम समन्वयमा विक्रम थकालीलाई संयोजक तोकिएको छ । यसैगरी अतिथि सत्कारमा गणेशबहादुर भट्टराई, आयोजक टिम संयोजक वीरभद्र आचार्य, मञ्च व्यवस्थापनमा शम्भु कार्की, प्राथामिक उपचारमा डा. रवीन्द्रप्रसाद श्रेष्ठ, प्राविधिक संयोजनमा आनन्द रन्जित, लियाजन (विदेशी जनसम्पर्क) संयोजक तेजबहादुर गुरुङ, यातायात व्यवस्थापनमा ऐनकुमार साई, सिल्ड मेडल संयोजकमा पूर्णबहादुर गुरुङलाई जिम्मेबारी दिइएको छ ।

क्लब अध्यक्ष थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति, १ सय १ सदस्यीय सल्लाहकार समिति चयन बनाइएको छ । साथै प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ, सदस्य सचिवमा क्लबका महासचिव विश्वराज बराल चयन भएका छन् ।