ल्होछार कप टेनिस सेमिफाइनल आज

लामा ब्रदर्श पोखराको आयोजनामा लेकसाइडको गुरुङ भिलेज टेनिस कोर्टमा जारी ल्होछार कप पोखरा ओपन टेनिस प्रतियोगितामा विकास गुरुङ, नविन चालिसे, राजन पौडेल र धरम लामिछाने सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार सम्पन्न क्वाटरफाइनल खेलमा विकास गुरुङले हुम आलेलाई ६–३, ६–२ ले पराजित गरे । गोपीबहादुर भट्टराईलाई नविन चालिसेले ७–६, १–६ र सुपरटाईमा १०–७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । अमृत कार्कीले वाक ओभर दिएपछि राजन पौडेलले अन्तिम ४ मा स्थान बनाए भने धरम लामिछानेले जर्मनका थोमसलाई ७–६, ६–१ ले पराजित गरे ।

सोमबार बिहान हुने सेमिफाइनलमा विकास र नविन तथा धरम र राजनबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक वीरेन्द्र लामाले जानकारी दिए ।
फाइल फोटो