यस्तो छ आजको सुनको मुल्य


नेपाली बजारमा आजको सुनको मुल्य २ सय रुपैयाले घटेको छ ।

शुक्रवार र शनिवार सुनको मुल्य तोलको ६० हजार ७ सय रुपैया कारोबार भएकोमा आईतबार २ सय रुपैयाले घटेको हो । आज सुनको मुल्य घटेर ६० हजार ५०० रुपैया पुगेको छ । यस्तै तेजावी सुनको पनि २ सय मुल्य घटेको छ ।

तेजावी सुनको ६० हजार ४ सय रुपैयाबाट घटेर ६० हजार २ सय रुपैया भएको छ । यस्तै आज चाँदीको मुल्य तोलामा ५ रुपैया घटेको छ । सात सय ६५ बाट घटेर ७ सय ६० रुपैयामा कारोबार भएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।