अमेरिकामा राष्ट्रपति पदका लागि हिन्दु सांसदले उम्मेद्वारी दिने

सन् २०२० मा अमेरिका हुन लागिरहेको राष्ट्रपतिय निर्वाचन अहिलेबाट नै चर्चामा आईरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा टक्कर दिन यतिबेला केहीले उम्मेद्वारी दिने तयारीमा रहेका छन् । यसैबीच आगामी चुनावमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेद्वार बन्ने भएकी छन् । उनले उम्मेद्वारी दिने घोषणा गरेसंगै अमेरिकामा राष्ट्रपतिय निर्वाचनमा मा पहिलो पटक हिन्दु सांसदले उम्मेद्वारी दिन लागिएको छ । अमेरिकी इतिहासमा नै यो पहिलो पटक हुन लागेको हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावमा बर्नी सैंडर्सको समर्थनमा जुटेकी गवार्ड डेमोक्रेटिक नेशनल पार्टीका उपाध्यक्ष रहेकोमा सैंडर्सको समर्थनपछी पदबाट राजीनामा दिएकी थिइन् ।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ बर्षीया गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन । स्मरण रहोस केही समय अगाडीमात्र पनि मुस्लिम समुदायबाट पनि अमेरिकामा पहिलो पटक २ जना महिला सांसद पदमा निर्वाचित भईसकेका छन्