देवशिल्पी सहकारीको १० औं साधारणसभा

पोखरा१० मा अवस्थित देवशिल्पी बचत तथा ऋण सहकारीको नवौं साधारणसभा शनिबार भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वकर्मा समुदायले स्थापना गरी सञ्चालन गरेको सहकारीलाई नमुना बनाउनुपर्ने बताए ।। इमान्दार भएर संगठित भई सबै जातिका पेशाका व्यक्तिलाई कर्जाको सेवा दिन सक्ने सहकारी बनाउनुपर्नेमा जोड दिंदै उनले महानगरले सक्दो सहयोग गर्ने उल्लेख गरे ।

संस्थापक अध्यक्ष चन्द्रकिशोर गौतमले कला, सीप र श्रमजीवी विश्वकर्माको सहकारीको माध्यमबाट आर्थिक अवस्था सुदृढ गर्न सकिने भएकाले छरिएर रहेका विश्वकमालाई संगठित गरी सहकारी स्थापना गरिएको बताए ।

कार्यक्रममा विश्वकर्मा समाज नेपालका अध्यक्ष गणेश बराइली, पोखरा महानगरपालिका वडा नं. १० का दलित महिला सदस्य प्रतिमा बि पोखरेल, विश्वकर्मा सेवा समाजका अध्यक्ष भविन्द्र विश्वकर्मा, संस्थाका निवर्तमान अध्यक्ष ऋषिराम विश्वकर्मा, उपाध्यक्ष रनबहादुर विश्वकर्मा, सचिव टंकबहादुर सुनार, अध्यक्ष बमबहादुर विश्वकर्मा लगायतले बोलेका थिए ।

सभामा संस्थाका सचिव टंकबहादुर सुनारले प्रगति प्रतिवेदन र विभिन्न योजना प्रस्तुत गरे । लेखासमिति संयोजक रामबहादुर सुनारले वार्षिक आर्थिक प्रतिवेदन एवं लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे ।