नयनतारा सहकारीको साधारणसभा


पोखरा ८ सभागृहचोक स्थित नयनतारा कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा शनिबार भएको छ ।

सहकारीका अध्यक्ष नृपेश अधिकारीले आगामी दिनमा कर्मचारी, सञ्चालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति र सेयर सदस्यलाई तालिम, कृषि कर्जा र शैक्षिक कर्जा दिई आर्थिक स्तकार उकास्ने योजना सुनाए ।

उनले न्यून ब्याजदर राखी कृषि कार्यक्रमलाई अगाडि बढाउने र पशु व्यवसायका लागि निमित्त उपयुक्त स्थानको सम्भाव्यताको अध्ययन गरिने उल्लेख गरे ।

कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद पहारी र सेयर सदस्य सोमप्रसाद शर्मा, उपाध्यक्ष अमृतकुमार बराल, सल्लाहकार शिव भुजेल र सचिव सन्तोष त्रिपाठीले बोलेका थिए ।साधारणसभाले कोषाध्यक्ष विष्णुप्रसाद पहारीको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रति त्रिपाठी ढकालको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।