पद्म नर्सिङ सहकारीमा जितेन्द्र पौडेल

पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जितेन्द्र पौडेल चयन भएका छन । सहकारीको सातौं साधारणसभा एवं तेस्रो अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी कुँवर, सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा नरेश पौडेल निर्विरोध भए ।

सदस्यमा नरेन्द्र बास्तोला, होमनाथ पौडेल, डिल्लीराम शर्मा, अञ्जना थापा, कालिदास शर्मा छन् । अधिवेशनबाटसंस्थाको लेखा सुपरीवेक्षणसमिति संयोजकमा रामविनोद महतो, सदस्यमा विकास भट्टराई र पूर्णकुमारी गुरुङलाई चयन गरिएको छ ।ऋण लगानी उपसमितिसदस्यमा धनप्रसाद रेग्मी र हीराबहादुर आले छन् । शिक्षा उपसमिति सदस्यमा लक्ष्मी शर्मा र प्रतिभा परियारलाईचयन गरिएको छ ।

ऋण लगानी उपसमिति, शिक्षा उपसमितिका संयोजक र सल्लाहकार कार्यसमितिको पहिलो बैंठकले चयन गर्ने संस्थाले जनाएको छ ।पत्रकार गीता रानामगर संयोजक र माधवश्रेष्ठसदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन गराएको हो ।निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन कमिटी संयोजक रानामगरले सफथ गराए ।

कार्यक्रममा पत्रकार महासंघ कास्की सदस्यगीता रानामगरले सहकारीले उत्पादनसँगै बेरोजगार युवालाई रोजगारीसमेत सिर्जना गर्दै आएको बताए । उनले सहकारीले आफ्नो क्षेत्रलाई अझै विस्तार गरेर सेयर सदस्यको जीवनस्तर उकास्नका निमित हाइड्रोपावर, विकास निर्माण, उद्योग कलकारखानाका साथै कृषि लगानी गर्नुपर्ने सुझाव दिए ।

ऋण लगानी उपसमितिसंयोजक नरेन्द्र बास्तोलाले विकासका निम्ति हरेक गाउँ टोलमा सहकारी स्थापना गर्न जरुरी रहेको बताए ।

सहकारीका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष लक्ष्मी कुँवर, का्ेषाध्यक्ष एवं व्यवस्थापक नरेश पौडेल, शिक्षा उपसमिति सदस्य अञ्जना थापा, साधारण सेयर सदस्य कमला गिरी र रामविनोद महतो, सचिव कृष्ण आचार्य लगायतले बोलेका थिए ।

साधारणसभाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष एवं व्यवस्थापक नरेश पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।