फा ल्होमा ताङ्बेले मनाए छउ

ताङ्बे जातिले धुमधामसँग छउ पर्व मनाएका छन् । ताङ्बे समाज सेवा संघ पस्र्याङमा फा ल्हो ( ल्होसार ) शुभारम्भ भएको उपलक्ष्यमा ताङ्बेहरुलेछउ मनाएका हुन् ।कार्यक्रममा ताङ्गबेतानी भाषा र नेपाली भाषाका गीतमा विभिन्न नृत्य प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रवेशिका परीक्षा २०७४ मा ताङ्बेतानी मध्येबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जेशन ‘ताङ्बे’ गुरुङ र दोस्रो अनिकेत ‘ताङ्बे’ गुरुङ र कुशल ‘ताङबे’ गुरुङलाई पदक, नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरियो । सो अवसरमातारा खेलसमेत भएको छ । प्रतियोगितामा व्यक्तिगततर्पm क्रमश प्रथम, द्वितीय र तृतीय आइतलाल, विकल र आशबहादुर भए ।

समूहगततर्पm प्रथम हुने विकल, नारायण र राजुको समूह र दोस्रो हुने विमल, मिनराज, रानु र तेस्रो हुने समीर, सोमसिह र अमितको समूहलाई नगद पुरस्कार प्रदान गरियो ।शिक्षा क्षेत्रमा योगदान गर्ने शिक्षक रामप्रसाद थकालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका सदस्य चेतन ताङ्बे, संघका अध्यक्ष सुशीलकुमार लामा र सचिव लाक्पा छिरिङ गुरुङले बोलेका थिए ।