गण्डकी प्रदेशद्वारा एपीएफमाथि १ विकेटको रोमाञ्चक जित

शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले इनरुवामा जारी एम एम कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सेमिफाईनल प्रवेशको सम्भावना प्रवल बनाएको छ ।

शसस्त्र प्रहरीले दिएको २१६ रनको लक्ष्यलाई गण्डकी प्रदेशले अन्तिम बल बाँकी हुदाँ ९ विकेटको क्षतिमा पुरा गर्दै विजयी शुरुवात गरेको हो । कप्तान विधान श्रेष्ठको कप्तानी पारीमा गण्डकी प्रदेशले जितको सम्भावनालाई सहज बनाए । एक समय धर्मराउन पुगेको गण्डकी प्रदेशलाई जितसम्म डोहोर्याउन अन्तिम बलमा चौका प्रहार गरेपछि जित सुनिश्चित बन्यो ।

गण्डकी प्रदेशका दुई खेलाडीले अर्धशतक पुरा गरेका छन् । अनिल गुरुङ ६४ रन हिर्काउँदै महत्वपूर्ण पारी खेले । उनी अनिल साहको बलमा विकेट किपरको हातबाट क्याच आउट भए । उनी क्रिज छाड्दै बाहिरिएपछि इनिंग सम्हाल्ने जिम्मा कप्ता विधान श्रेष्ठको काँधमाआई पुग्यो । विधानले ६१ रनको बनाउँदै ठोस इनिंग खेलेपछि गण्डकी प्रदेशले जितको सम्भावना बलियो बनायो ।

मन्जिल न्यौपानेले ३१ र सुमन घिमिरेले १७ रन हिर्काए । पाँचौ विकेट गुमाउँदो १६३ बनाएको गण्डकी प्रदेशले २०३ रन बनाउँदा चौथो र थप एक रन जोड्दा अर्को विकेट गुमाएपछि दबावमा पर्यो । थप तीन रन जोड्दाँ आठौं र एक रन जोड्दा नवौं विकेट गुमाउँदै हारको संघारमा पुगिसकेको गण्डकी प्रदेशलाई अन्तिम बलमा एक रनको खाँचो थियो । अन्तिम बललाई मेखबहादुर सेनले चौका हान्दै जित सुनिश्चित बनाए । एपीएफका अनिल साहले १० ओभरमा एक मेडन राख्दै ४३ रन खर्चिएर ४ विकेट लिएका थिए ।

टस जितेर व्याटिंग शुरु गरेको एपीएफले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २१५ रन बनाएको थियो । प्रज्वल शाहीलाई शुन्य रनमै पभेलियन फर्किएको देखेको एपीएफका लागि अनिल साहले २६ रन जोड्दै सुधार गरे । आशिफ शेख पनि १६ रनमै आउट भएपछि गण्डकी प्रदेश वलिङमा हावी देखियो । भुवन कार्कीले ३६ रन बनाउँदै इनिङलाई उकासे । इर्शाद अहेमदले नटआउट ३० रन जोडिदिए ।

अमरसिंह राउटेलाले २८ र कमलसिंह ऐरीले पनि २७ रनको इनिङ खेलेका थिए । बलिङ तर्फ किशोर महतोले १० ओभरमा एक मेडन राख्दै ३५ रन दिएर दुई विकेट लिए । सन्तोष न्यौपानेले पनि १० ओभरमा एक मेडन राखे । २९ रन दिएर दुई विकेट लिदाँ अमृत गुरुङले पनि ४ ओभरमा २८ रन दिदैं दुई विकेट लिएका थिए । एक विकेट लिएको गण्डकी प्रदेशका कप्तान विधान श्रेष्ठ खेलमा म्यान अफ दि म्याच घोषित भए । अब गण्डकी प्रदेशले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्ने छ ।

source : kheladinews.com