मुस्लिमलाई कब्रस्तानको चिन्ता

जन्मपछि मृत्यु अनिवार्य छ । मृत्यपछि धर्म, संस्कृति अनुसार अन्तिम संस्कार गरिन्छ । बागलुङको गलकोट नगरपालिकाका मुस्लिमलाई भने दहसंस्कार स्थल (कब्रस्तान) को समस्या परेको छ ।

मुस्लिमले शवलाई गड्छन् । गलकोटमा दाहसंस्कार गर्ने स्थान नहुँदा उनीहरुले वर्षाैदेखि बागलुङको निरएघाटमा दाहसंस्कार गर्ने गरेका छन् । गलकोट नगरपालिकाका विभिन्न स्थानमा मुस्लिम समुदायको बसोबास छ । गलकोटका मुस्लिमको मृत्यु भए पनि गलकोटबाट बागलुङसम्म लैजानुपर्ने वाध्यता छ ।

शव लैजाँदा धेरै खर्च लाग्ने र शव बोकेर हिड्नसमेत कठिनाइ भएको छ ।
गलकोट नगरपालिकामा मुस्लिममा २६ घरधुरी छन् । नगरपालिकाले घाटको व्यवस्थापन गछौँ भन्ने आश्वासनमात्र दिएको मुस्लिम समुदायका निवर्तमान अध्यक्ष सौगात अलिमियाँले बताए ।