खेतीयोग्य जमिनमा घर बनाउन नपाइने

- १७ महिनापछि कित्ताकाट फुकुलो

सरकारले जग्गाको कित्ताकाटलाई खुकुलो बनाएको छ। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कित्ताकाटलाई खुकुलो बनाएको बताईन् ।

२०७४ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो तर जनतामा व्यवहारिक समस्या देखिएपछि त्यसलाई समाधान गर्न कित्ताकाटलाई खुकुलो बनाएको उनको भनाई छ ।

मन्त्री अर्यालका अनुसार खेतीयोग्य जमिन भने घडेरी बनाउन कित्ताकाट गर्न पाईने छैन । कुनै जग्गा खेतीयोग्य हो कि होइन भन्ने सिफारिस गर्ने अधिकार भनेस्थानीय तहलाई दिइएको उनले बताईन् ।