नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३२ औँ स्थापना दिवसको अवसरमा आज एक कार्यक्रमकाबीच पोखरा–१७ स्थित सितापाईला बृद्धाश्रममा रहेका ५० जना बृद्धबृद्धाहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा निर्माण व्यवसायी महासंघका केन्द्र्रीय उपाध्यक्ष राजेन्द्र पहारीले रु. पाँच हजार आर्थिक सहयोग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले बृद्धबृद्धाहरुलाई सहयोगको कार्यक्रम संघले सञ्चालन गरेकोमा खुशी व्यक्त गरे ।
सघका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्र्रीय उपाध्यक्ष राजेन्द्र पहारी, संघका सल्लाहकार मुक्तिप्रसाद तिमिल्सिना, बृद्धाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष रामराज अधिकारी तथा सचिव सुवर्ण श्रेष्ठले संघको स्थापना दिवसको सफलताको शुभकामना व्यक्त गरे ।




