विवेकशील साझामा चिरा, उज्ज्वले बनाए नयाँ दल

- चर्चित नेतृ रञ्जु दर्शना र प्रदेश ३ का २ सभासद कता लागे ?

विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा विवेकशील साझा फुटेको हो ।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । नयाँ दलको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

वैकल्पिक राजनिति गर्ने भन्दै थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।

थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।