मर्मस्पर्शी लोकगीत छिट्टै फर्क गाउँमा


प्रभु लम्सालले मर्मस्पर्शी लोकगीत छिट्टै फर्क गाउँमा बजारमा ल्याएका छन् । गीतमा लय धननारायण मानन्धर र स्वर उमादेवी खनाल, धननारायण मानन्धरको छ ।

जीवन धान्न विदेश जाने युवाको पीडा र विदेश भएका श्रीमानको यादमा गाउँमै घर धानिरहेकी नेपाली युवतीको कथा गीतमा समेटिएको छ । गीतका शब्द उत्तम अधिकारीले लेखेका हुन् । तनहुँका अधिकारी साहित्यकार पनि हुन् । गीतको भिडियो निर्देशन प्रभु लम्सालले गरेका छन् ।