रजनीकान्तको फिल्म रिलीज हुनु अगाडि नै टिकट काट्नेको भीड

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ। फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको छ।

यो भिडियोमा रजनीकान्तका फ्यानले रजनीकान्तको पोस्टर लिएर र्याली निकालेका छन्। उनीहरुले ढोल बजाएर डान्स गरेको पनि भिडियोमा देख्न सकिन्छ। 

त्यतिमात्रै होइन, अर्को भिडियो पनि भाइरल भइरहेको छ। उक्त भिडियोमा रजनीकान्तका फ्यान आतिशबाजी गरिरहेका छन्। फिल्म हल बाहिर रजनीकान्तका ठूला ठूला पोस्टर लगाइएको छ भने उनको फ्यान दुई दिन पहिलादेखि नै टिकट काट्न लाइनमा बसेका छन्।

ट्रेड एनालिस्टका अनुसार यो फिल्मले पहिलो दिनमै १५ देखि २० करोड रुपैयाँको व्यापार गर्नसक्छ। रजनीकान्तको फिल्म ‘२.०’ ले बक्स अफिलमा राम्रो व्यापार गरेको थियो। बक्स अफिसमा फिल्म पेट्टा र अजीतको विस्वासमबीच टक्कर हुने देखिएको छ।