पोखरा महोत्सव आजदेखि

पोखराको अमरसिंह चौरमा आजदेखि पोखरा महोत्सव सुरु हुँदै छ । नवौं संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लबले बिहीबार कार ¥याली निकालेको छ ।

महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा जान चाहन्छन, उनीहरुलाई त्यहाँ निशुल्क लैजाने व्यवस्था पनि आयोजकले गरेको छ । कार्यक्रममा कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले महोत्सवमा सुरक्षामा कुनै कसुर बाँकी नरहने गरी प्रहरी परिचालन गर्ने बताए ।

युनाइटेड क्लबका अध्यक्ष तथा नवांै पोखरा महोत्सव मुल आयोजक समिति संयोजक लालकाजी गुरुङले र्यालीमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

महोत्सव स्थल अमरसिंह चौरबाट सुरु भएको र्याली, अमरसिंहचोक, वीरेन्द्रचोक, रामबजार, घलेचोक, घारीपाटन, बिरौटा, ड्यामसाइड, राष्ट्रबैंकचोक, सहिदचोक, बैदाम, अमबोट, गौरीघाट, बाराहीचोक, हल्लनचोक, नारेश्वर, जरेबर, जिरो किमी, सिर्जनचोक, आलुमाइलाचोक, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, फुलबारी, रानीपौवा, गुम्बाफेदी, मियापाटन हुदै महोत्सव स्थलमा आएर टुङ्गिएको कार र्याली ब्यवस्थापन समिति संयोजक सन्तोष कार्कीले बताए ।

महोत्सव शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने छन् ।