स्टार, जसलाई भेटेन नपाउँदा फ्यानले गरे आत्महत्या

हालै रिलिज भएको फिल्म केजिएफको कारण सर्वाधिक चर्चामा आएका कन्नड सुपरस्टार यसले यतिबेला वल्डवाईडरुपमा प्रशंसा बटुलिरहेका छन् । यसैबीच उनलाई भेटन नपाएको भन्दै एक जनाले फ्यानले यस्तो हर्कत गरे की उनलाई त्यसले ठुलो धक्का दिएको छ। वास्तवमा यसका रबि नामका एक फ्यानले उनलाई भेटन नपाएको भन्दै आफनै शरिरमा आगो लगाएर आत्महत्या गरेका छन् । गारमेन्ट फ्याक्ट्रीमा काम गर्ने उक्त २६ बर्षीय युवाले उनको घरबाहिर घण्टौ कुरे , उनलाई भेटन भनेर उनले लामो समय प्रतिक्षा गरेर बसे ।

कयौ पटक प्रयास गर्दा पनि उनले यसलाई भेट्न सकेनन् । यससंग भेट्न पाएपछि उनले आक्रोसित हुँदै यसकै घरबाहिर पेट्रोल खन्याएर आगो लगाए । घटनाको समयमा आसपास रहेका व्यक्तिले आगो निभाएर अस्पताल पु¥याए तर अस्पताल लान ढिलो भएपछि उनको निधन भयो । रबिको शरिर ७० प्रतिशत जलेको कारण उनलाई बचाउँन सकिएन । घटनापछि यस निकै स्तब्ध बनेका छन् ।

उनी घटनालगत्तै अस्पताल गए र परिवारलाई सान्तवना दिए । फ्यानको निधनपछि यसले बोल्दै भने “म मान्दिनँ कि रवि मेरो फ्यान हो । यो फ्यान्डम होइन । म आफ्ना फ्यानलाई अपिल गर्छु कि यस्तो कदम नउठाउनुस्” ।