लम्कीमा सांग्रिलाको शाखा

सांग्रिला डेभलपमेन्ट बैंकले कैलाली जिल्लास्थित लम्की चुहा नगरपालिका १ मा बैंकिङ कारोबार सुरु गरेको छ ।

लम्की शाखाकोउद्घाटन सभामा बैंक सञ्चालक अच्युुतप्रसाद प्रसाईले जनताको घरघरमा सेवा दिने अभियानमा शाखा विस्तार गरिएको बताए । संयुक्त उद्घाटन सभामा लम्की चुहा नगरपालिकाका मेयरमहादेव बजगाईले सेवाग्राहीलाई सस्तो र सर्वसुलभ सेवा दिन बैंकले सकेमात्र स्थानीय क्षेत्रको विकास हुने धारणा राखे ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठले सुदुर पश्चिममा शाखा विस्तारका बारेमा धारणा राख्दै बैंकले प्रदान गर्ने विभिन्न सेवा सुविधाका बारेमा जानकारी दिएका थिए ।

बैंकले एटिएम, एसएमएस बैंकिङ तथा लकर सुविधा शाखाबाट प्रदान गरिने जानकारी दिए । ‘स्थानीय विकासको आधार’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर ग्रामीण क्षेत्रका जनतालाई सेवा दिँदै आएको बैंकले जनाएको छ ।

बैंकले आधुुनिक बैंकिङ सेवा प्रदानगर्दै देशभर शाखा विस्तारगरीसम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ सुविधा बढाउने योजना रहेको बैंकले शाखा विस्तारका क्रममा बताएको छ । ७वटै प्रदेशमा कारोबार गर्दै आएको बैंकको ७७ शाखा रहेको छ । बैंकले २३ वटा एटिएममार्फत २ लाख ५६ हजार भन्दा बढी ग्राहकलाईसेवा दिँदै आएको छ ।