बेपत्ता बालिकाको शव गण्डक नहरमा

पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी बालिका गण्डक नहरमा मृत फेला परेकी छिन्् ।
सुस्ता गाउँपालिका २ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् ।

उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।