गण्डकी अटो मेकानिक्समा सानुमान

गण्डकी अटो मेकानिक्स वक्र्स एसोसिएसनको २७ औं साधारणसभा एवं तेह्रौं अधिवेशनले सानुमान जलारीको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा किरण कपाली, उपाध्यक्षमा सन्तोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कोषाध्यक्ष रत्नबहादुर थापा, सचिव योगेन्द्र राज भण्डारी र सहकोषाध्यक्षमा अर्जुनप्रसाद उप्रेती चयन भएका छन् ।

सदस्यमा छमबहादुर खत्री, हिमाल तिम्सिना, रामचन्द्र पौडेल, डेडबहादुर गुरुङ, सोमबहादुर गुरुङ, कृष्णबहादुर खाँड, विष्णुप्रसाद अधिकारी र भीमलाल पौडेल छन् । उपसमिति संयोजकमा नवराज सुनार, ताजुदिन खान, जुद्योधन बैठा, नियाल अन्सारी, विजेन्द्र चौधरी, नरेश कुर्मी र लीलाबहादुर सुनार छन् ।

नवनिर्वाचित कार्यसमितिलाई एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुवर्णमान नकर्मी, कोषाध्यक्ष कुलबहादुर नेपाली, पूर्वअध्यक्ष चन्द्र जंगथापा, सनतकुमार भट्टराई, निर्वाचन संयोजक माधवराज बास्तोला र प्रेस सल्लाहकार कृष्ण थापाले पदस्थापन तथा सम्मान गरेका थिए ।

निर्वाचन संयोजक माधव बास्तोलाको अध्यक्षतामा भएकोे कार्यक्रममा निर्वाचन समितिका सदस्य सूर्यप्रसाद ढकाल, नवनिर्वाचित अध्यक्ष सानुमान जलारी, कार्यालय सचिव पार्वती बराल लगायतले बोलेका थिए ।

यसअघि साधारणसभाले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारणसभाले संस्थाको विधान संशोधनसमेत गरेको छ । सभाले प्रस्तावित व्यवस्थित अटोल्यान्ड निर्माणलाई अगाडि बढाउन सम्बन्धित निकायसँग सहकार्य गर्न विशेष समिति बनाएर पहल गर्ने निर्णय पनि गरेको छ ।