भत्ता पाइने आशमा धेरै सन्तान

यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् ।


सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक २ हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ ।

ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्मासकेकी छिन् । उनलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन ।


छ सन्तानकी आमा गीता कुचबधियाले भनिन्, “अब बच्चा जन्माउदिन, पाँच वर्षे औषधि नरप्लान्ट राखेकी छु ।” इन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् ।

कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमान्लाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।

ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताइन् । लैँगीका पनि सात सन्तान छन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उनी पैसावाला गनिन्छिन् । उहाँका ५ छोरी र २ छोरा छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्छन ।

सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच÷छ वर्षमै टीकाटालो गर्ने र १२÷१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।

घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नामसमरियाले भनिन्, “दुई÷तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।” कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताइन् ।

कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमान्लाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।