सम्रिद्धिको लागि हातेमेलो गरौ : अम्बिर बाबु गुरुङ

प्रदेश नं १ ओखल्ढुङ्गाका प्रदेश सभा सदस्य अम्बिर बाबु गुरुङले सम्रिद्धी र बिकासको लागि राजनीतिक दल,कर्मचारी लगायत बुद्धिजिवीहरुको हातेमेलोको लागि आवाहान गरेका छन । ओखल्ढुङ्गा स्थित रुम्जाटार अस्पतालको वार्षिक उत्सव समारोहमा बोल्दै गुरुङले सो कुरा बताएका हुन।

भरस्ट्रचार मुक्त समाजाको परीकल्पना गर्दै आफुले अभियान सुरु गरेको दावी गर्दै गुरुङ्गले सबै लाई भ्रस्ट्रचार बिरुद्ध एक्जुट हुन आग्रह सेमत् गरे। भ्रस्ट्रचार बिरुद्ध आफुले अभियान चाल्दै गर्दा आफु माथि प्रहार हुने गरेको तर जस्तो सुकै प्रहार बाट सेमत आफु पछी नहट्ने उनको दावी थियो।आफु यस क्षेत्रको बिकासको लागि दिलोज्यान दिएर लागेको र प्रदेश नं १ लाई देश कै १ नं बनाउने दावी गरे।

जिल्ला सम्नवय समितीका अध्यक्ष जय बहादुर श्रेष्ठको अध्यक्षता मा समपन्न भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधीकारी मुनका न्यौपाने,सिद्धिचरण् नगर्पालिकाका मेयर मोहन श्रेष्ठ ,उपमेयर इक्षा गुरुङ्ग, नागरिक उड्ड्यन कार्यालय रुम्जाटारका प्रमुख प्रकाश शर्मा ,अस्पतालका प्रमुख मुकुन्द यादव लगायत सुरक्षा अंगका प्रमुख हरुको सेमतको सहवागिता थियो। बि सं २०१३ साल देखी सन्चालित अस्पतालमा बहिरङ्ग सेवा सहित १५ सैयामा संचालित छ।