बुटिक एसोसियसनमा शुष्मा थापा

 बुटिक एशोसियसन नेपालको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा सर्वसम्मत रुपमा सुश्मा थापा पाण्डे चयन भएकी छन् ।

त्यसैगरि उपाध्यक्षमा शान्ति श्रीमगर, सचिबमा स्नेहा गुरुङ, सहसचिव स्वेता भट्टराई तथा कोषाध्यक्षमा शारदा गुरुङ छन् । एशोसियसनको सदस्यहरुमा अमित बराल, एलिशा भण्डारी, ईन्दिरा लामिछाने र रिना श्रेष्ठ छन् ।

सल्लाहकारहरुमा सपना गुरुङ, रेणु सुब्बा र सविता शेरचन रहेका छन् । २५ संस्थापक सदस्य रहेको एशोसियनमा हाल पोखरामा ५० सदस्य छन् ।

साधारणसभा र प्रथम अधिबेशन गुन्यु चोली बुटिकका सञ्चालिका सुस्मा थापाको अध्यक्षता र महिला सीप विकास केन्द्रका प्रबन्ध निर्देशक रामकली खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।