नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरिएको छ।

यसअघिका कार्यकाकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि खाली रहेको उक्त पदमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई नियुक्त गरेको छ।

यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक रहेका पौडेलले आफ्नो तीन वर्षे कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेका थिए।

खड्कालाई कारबाहीपछि सुशील भट्टराईले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने निगमको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए। आवेदन दिएका १२ जनामध्ये आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।