भारतीय जनता पार्टी(भाजपा) गुजरात इकाईका पूर्व उपाध्यक्ष तथा पूर्व सांसद जयन्ती भानुशालीको गोली हानी हत्या गरिएको छ ।
मंगलबार बिहान आक्रमणकारीले गुडिरहेकाे ट्रेनमा गोली हानी भानुशालीकाे हत्या गरेका हुन् । भुजबाट अहमदाबाद जाँदै गरेका भानुशालीको घटनास्थलमै मृत्यु भएको थियो ।
उनलाई कटारिया र सुरजबरी स्टेशनको बीचमा रहेको बेला गोली हानिएको थियो । उनको आँखा र छातीमा गोली लागेको थियो । घटनापछि ट्रेनलाई अहमदाबाददेखि कालुपुर स्टेशन ल्याइएको थियो । कोचलाई रेलबाट अलग गरी प्रहरी तथा फरेन्सिक विज्ञान प्रयोगशालाका कर्मचारीले अनुसन्धान सुरु गरेका छन् ।
जयन्ती भानुशाली २००७ र २०१२ मा अब्दसा विधानसभा क्षेत्रबाट सांसद भएका थिए ।
केही समयअगाडी उनी विरुद्ध बलात्कारको मुद्दा दर्ता भएपछि गुजरात प्रदेश इकाईको उपाध्यक्ष पदबाट हटाइएको थियो । तर उनले आफूविरुद्ध लागेको आरोप खण्डन गर्दै आएका थिए ।
एजेन्सी




