खैरेनीटार महोत्सव चैत २२ देखि

तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाइले हरेक वर्ष चैते दसैंको अवसरमा आयोजना गर्ने खैरेनीटार महोत्सव चैत २२ देखि हुने भएको छ ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ हुने महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।

यस पटकको महोत्सव विगतभन्दा भिन्न हुने इकाइ सभापति पूर्ण कायस्थले दाबी गरे । महोत्सव सफल पार्नका लागि मूल संयोजकमा खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, सहसंयोजक शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङ, खैरेनीटार बजार इकाइका पूर्व सभापतिहरु हरिकुमार श्रेष्ठ, रामलाल मल्ल, समुन्द्रराम श्रेष्ठ, रामलाल हिराचन, हरिबहादुर थापा, अर्जुन कुमार श्रेष्ठ लगायत रहेको निर्णायक समिति बनाइएको सचिव गंगाराम श्रेष्ठले बताए ।