फोहोरभित्र नवजात शिशुको शव

लिंग पहिचान, गर्भपतन बढेका समाचार त सार्वजनिक भइनै रहन्छन् । तर सोमबार पोखराको डम्पिङसाइटमा फोहोर छुट्याउने क्रममा नवजात शिशुको शव भेटिएको छ ।

पोखरा १७ बिरौटास्थित अन्नपूर्ण मार्ग र यज्ञशाला मार्गबाट फोहोर उठाएको ग १ ख ८४७८ नम्बरको गाडीले ल्याएको फोहोरमा शव फेला परेको हो । तन्नामा बेरीएको पुरुष शिशुको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।

गाडीले सोमबार फोहोर ल्याएकोमा मंगलबार शव देखिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

file pix