दैलेखको राकममा सांग्रिलाको शाखा

पोखरा सांग्रिला डेभलपमेन्ट बैंकले दैलेखको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा शाखा खोलेको छ ।

उक्त शाखाको उद्घाटन आइतबार बैंकका सञ्चालक अच्युुतप्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरे । हालसम्म उक्त स्थानमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति नरहेकाले मेयर उपाध्यायले बैंकसँग सहकार्य गर्दै स्थानीय स्तरमा बैंकिङ सेवा पुर्‍याउन बैंकलाई सक्दो सहयोग गर्ने बताए ।

उपमेयर दीपा बोहरा तथा वडा नं. ४ र १२ का अध्यक्ष तथा ग्राकहको तर्फबाट स्थानीय व्यापारी रामबहादुर कठायतले कार्यक्रममा बोलेका थिए । हालसम्म ७ वटै प्रदेशमा गरी बैंकको शाखा संख्या ७७ तथा २३ वटा एटिएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकलाई बैंकले सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठले बताए ।