कैलाश विकास बैंकको साधारणसभा

कैलाशविकास बैंकको२५ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैंककाअध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले सेयरधनीलाई १७प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

गतआव २०७४÷७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो । राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो कैलाश विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ ।

अत्याधुनिकप्रविधिको उपयोग गर्दै बैंकले ८० वटा शाखाबाट समस्तआधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताका लागि सी–आस्वा सेवा, सुविधाभुक्तानी, रेमिटेन्स सेवा लगायत सेवा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

बैंकका सञ्चालक उद्घवराज पुरीले स्वागत गरेको २५ औंवार्षिक साधारण सभाको सञ्चालन बैंकका कम्पनी सचिव प्रकृतिराज तिमिल्सिनाले गरेका थिए ।